पाेखरामा रास्वपा नेता कार्यकर्ताले आज पनि आन्दाेलन गरे

 कात्तिक ८, २०८१ बिहीबार १७:१५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कास्कीकाे पोखरामा जम्मा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि आन्दोलन गरेका छन् ।

कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न आज अनुमति दिएसँगै निरन्तर आन्दोलन गर्दै आएका पार्टीका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । उनीहरूलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ । पछिल्लो एक हप्तादेखि भइरहेको प्रदर्शनले पोखराको जनजीवन पनि प्रभावित बनेको छ ।

सूर्यदर्शन सहकारीका पीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले ठाउँठाउँमा प्रदर्शन गर्दै आएका छन् । मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको प्रवेशद्वार शहीद चोक र आसपासका क्षेत्रमा निषेधाज्ञाका कारण नागरिकसँगै पर्यटक पनि प्रभावित भएका छन् ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया