‘रेमल’ चक्रवातका कारण चार प्रदेशमा आज र भोलि पानी पर्ने

 जेठ १४, २०८१ सोमबार ६:२५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उत्तरी बङ्गालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवातको कारण चारवटा प्रदेशमा आज र भोलि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार शक्तिशाली चक्रवात प्रत्यक्ष रूपमा नेपाल प्रवेश नगर्ने भए पनि यसको अप्रत्यक्ष प्रभावबाट आज र भोलि कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा चट्याङ, हावाहुरीसहितको वर्षा हुने सम्भावना छ ।

मौसमविद् गंगा नगरकोटीकाअनुसार कोशी र बाग्मती प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ ।

कोशी प्रदेशका केही ठाउँमा मेघगर्जन, चटयाङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै कोशी प्रदेशका तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ ।

मधेश प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार बाग्मती प्रदेशको थोरै ठाउँ र गण्डकी प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चटयाङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया