कोलकातामा देखियो रेमाल आँधीको प्रभाव, हावाहुरीसँगै वर्षा र पहिरो

 जेठ १४, २०८१ सोमबार ६:४३:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतमा रेमाल नामको चक्रवात अर्थात आँधीले अहिले आफ्नो प्रभाव देखाउन थालेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) काअनुसार रेमालका कारण अहिले कोलकातामा हावाहुरीसँगै वर्षा भइरहेको छ । पश्चिम बङ्गाल पनि आँधीबाट प्रभावित भएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।

आँधीपछि बङ्गालमा तटीय क्षेत्रमा पहिरो जाने क्रम जारी छ । आईएमडीकाअनुसार चक्रवाती आँधी ‘रेमाल’ पश्चिम बङ्गालबाटै शुरु भएको हो । बङ्गालको खाडीमा बनेको चक्रवात रेमाल उत्तर दिशातर्फ सरेको र बङ्गलादेशतर्फ गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो आँधी पश्चिम बङ्गालको सागर टापु र क्यानिङ र बङ्गलादेशको खेपुपारा र मोंगलातर्फ सर्दैछ ।आँधीलाई ध्यानमा राखी क्षति कम गर्न नौसेना र तटरक्षक टोली परिचालन गरिएको छ । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो बेलुका मौसम विभाग तथा विप्तसम्बन्धी मन्त्रालयसँग भेटवार्ता गरी रेमालको अवस्था, पूर्वानुमान, जोखिम र आवश्यक तयारीबारे छलफल गर्नुभएको थियो ।

त्यसपछि आँधी प्रभावित क्षेत्रहरूमा माछा मार्नेहरूको सुरक्षा सुनिश्चित गर्न कदम चालिएको खबरमा उल्लेख छ । जोखिम क्षेत्रमा एम्बुलेन्स र हवाई सेवाका लागि उडानहरुलाई समेत तयारी अवस्थामा राखिएको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया