नेपाली शान्ति सैनिक भुपजीत राईलाई मरणोपरान्त राष्ट्रसङ्घको सम्मान

 जेठ १८, २०८१ शुक्रबार १२:५६:४१ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्र सङ्घीय शान्ति सेनामा खटिनुभएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्र सङ्घको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गर्नुभएको पदक संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवङ्गत हुनुभएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उहाँ शान्ति स्थापनामा खटिनुभएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गर्नुभयो । राईको गएको अक्टोवर १३ मा कङ्गोमा निधन भएको थियो ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया