देशका विभिन्न ठाउँमा ठूलो वर्षा : मेलम्ची, इन्द्रावतीलगायतका नदीमा बाढीको जोखिम

 साउन १३, २०८१ आइतबार ६:३१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – देशका विभिन्न ठाउँमा गएराति अति ठूलो पानी परेको छ । बितेको १२ घण्टामा सिन्धुपाल्चोकको मानेखर्कमा एक सय ४१ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ । यस्तै सिन्धुपाल्चोककै गुम्थाङ, ढुङ्गे, गोरखाको बारपाक, लमजुङ्गको घरेढुंगा, कुदिबजार लगायतका ठाउँमा पनि अति ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदीमा पानीको बहाव बढेको भन्दै सावधानी अपनाउन भनेको छ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदी तथा यी नदीका सहायक नदीमा बाढीको उच्च जोखिम छ । यस्तै लमजुङको खुदीखोला लगायत आसपासमा, गोरखाको दरौदी खोलालगायत आसपासमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै काठमाण्डौको धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह पनि बढेको छ ।

मकवानपुरको लाल बकैया खोल र आसपासमा पनि बिहानसम्मै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज बिहानदेखि काठमाण्डौ उपत्यका र काठमाण्डौभन्दा पूर्वतर्फ धेरैजसो ठाउँमा पानी पर्नेक्रम केही कम भएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहेर लुम्बिनी प्रदेशको एक दुई ठाउँ तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखी मध्ययम वर्षाको सम्भावना छ । यस्तै भरे राती  कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुइ ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया