एआई, रोबर्ट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी 'टेक एक्स २०२४' शुरू

 साउन १५, २०८१ मंगलबार १८:२१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृत्रिम बाैद्धिकता अर्थात् 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी टेक एक्स २०२४' शुरू भएको छ ।

काठमाण्डाैकाे डिल्लीबजारमा रहेकाे सफ्टवेरिका कलेज परिसरमा आयोजित मेलामा सूचना प्रविधिका विद्यार्थीहरूले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिनुभयो । प्रदर्शनी सूचना प्रविधिमा रुचि राख्ने र अध्ययन गर्न चाहनेलाई लक्षित गरिएको र प्रदर्शनी साउन २० गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने उहाँले बताउनुभयाे ।

प्रदर्शनीमा 'रोबोट वारियर्स लिग २०२४' सञ्चालन गरिने छ । लिगमा ४० भन्दा बढी रोबर्टले विभिन्न कम्पनीको प्रतिनिधित्व गर्दै 'रोबो वार ब्याटल' मा सहभागी हुने र याे लिग ६ महिनासम्म चल्ने जनाइएको छ ।

प्रदर्शनीमा रोबोटिक डग, पुस्तकालय तथा विमानस्थल व्यवस्थापनका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि पनि अवलोकन गर्न पाइने छ । विद्यार्थीहरूले पासवर्ड क्र्याकिङको विश्लेषण गर्ने रोबर्ट प्रदर्शनीमा राखिने कलेजले जनाएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा भइरहेको परिवर्तनबारे जानकारी दिनुरहेको छ । विद्यार्थीहरूले आईटीसम्बन्धी अध्ययनपछि जीवनोपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्नेबारे पनि कार्यक्रममा चर्चा गरिनेछ ।

विद्यार्थीहरूले बनाएको परियोजना निकै राम्रो भएको र नयाँ पुस्ताको प्रविधि देख्दा खुशी लागेको अवलोकनकर्ता अनुसुया भट्टराईले बताउनुभयो ।

फुडस्टल, बौद्धिक खेल समावेश हुने प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका विद्युतीय गाडीकाे अनुभव लिन सकिने छ । प्रदर्शनीमा बैंकिङ, टुर गाइड, फुटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, रोबोट वारलगायतका ३० भन्दा बढी इन्नोभेटिभ प्रोजेक्ट राखिएको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया