सरकारको बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निर...
बैशाख ६, २०८२ शनिबार
काठमाण्डौ – पूर्वअर्थमन्त्रीहरूले कार्यान्वयन हुने खालको यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
अर्थ मन्त्रालयले आयोजना गरेको बजेटसम्बन्धी परामर्शमा पूर्वअर्थमन्त्रीहरूले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यावहारिक बजेट ल्याउन सुझाव दिएका हुन् । बजेटलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्न उनीहरुको जोड छ ।
पूर्वअर्थमन्त्रीहरूले धेरै आयोजनाहरू प्रस्ताव गर्नेभन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयनयोग्य आयोजनामा प्राथमिकता दिनुपर्ने बताएका छन् ।
यस्तै, स्वास्थ्य, शिक्षा र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिन पनि उनीहरुको सुझाव छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वैचारिक र नीतिगत स्पष्टतासहित कार्यान्वयन योग्य बजेटलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले आयोजना वर्गीकरणको मापदण्ड पालना गर्दै सीमित र कार्यान्वयन हुने खालका आयोजनाहरू ल्याउन आग्रह गर्नुभयो ।
अर्का पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनालाई चरणबद्ध रूपमा सम्पन्न गर्न जरुरी रहेको भन्दै बनेका पूर्वाधारहरूलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी, पूर्वअर्थमन्त्री जनार्दन शर्माले आयतमा आधारित राजस्वलाई आन्तरिक उत्पादनमा आधारित बनाउनुपर्ने बताउनुभयो ।
अर्का पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्षेत्रीय, प्रादेशिक र भौगोलिक सन्तुलन कायम हुने गरी बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रियताको खोजी गरेर बजेट ल्याउने सुविधा नभएको भन्दै सरकार यथार्थपरक र अनुशासित बजेटको तयारीमा रहेको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।