नेप्से २८ सय विन्दु पुगेर फर्कियो, २१ अर्ब ७१ करोड रुपैयाँको कारोबार

 साउन १७, २०८१ बिहीबार १५:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो ६४ अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज भने सामान्य घटेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से १२ बजेर ३८ मिनेटमा दुई हजार आठ सय पाँच विन्दुमा पुगेको थियो । तर बन्द हुने बेलामा नेप्से पाँच दशमलव २९ अङ्कले घटेर दुई हजार सात सय ५५ दशमलव ६२ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल, लगानी, बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, उत्पादन, जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ६ वटा कम्पनीको शेयर भने १० प्रतिशतले बढेकाे छ ।

आज तीन सय ३२ वटा कम्पनीका पाँच करोड १३ लाख कित्ता शेयर २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । हिजो एकैदिन २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएर ऐतिहासिक रेकर्ड कायम भएको थियो ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया