कास्की, मकवानपुर, लमजुङ, ओखलढुङ्गा, उदयपुर र बारामा ठूलो वर्षा

 साउन १८, २०८१ शुक्रबार ६:०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – कास्की, मकवानपुर, लमजुङ, ओखलढुङ्गा, उदयपुर, बारा लगायतका ठाउँमा गएराति ठूलो वर्षा भएको छ । पछिल्लो १२ घण्टामा कास्कीको सिक्लेसमा ८३ दशमलव ८ मिलिमिटर र मकवानपुरको भोर्लेनीमा ८० दशमलव ६ मिलिमिटर पानी परेको छ ।

यस्तै उदयपुरको कटारीमा ७९ दशमलव ४ मिलिमिटर, मकवानपुरगढीमा ७६ दशमलव ८ मिलिमिटर, लमजुङको खुदीबजारमा ७३ दशमलव २ मिलिमिटर, ओखलढुङ्गाको मानेभञ्ज्याङमा ६३ दशमलव ४ मिलिमिटर र बाराको रजुवामा ६० दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ७ बजे सम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई  ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया