'किताब जात्रा'को छैटौं संस्करण आजदेखि

 साउन १८, २०८१ शुक्रबार ९:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – किताब यात्रा फाउन्डेसनले गर्दै आएको 'किताब जात्रा'को छैटौं संस्करण आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल निर्देशक ऋषिराम अधिकारीले दुई वर्षपछि पुनः भौतिक रूपमै कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।

आर्मी अफिसर्स क्लव भद्रकालीमा हुने किताब जात्रामा यस वर्ष भाषा, साहित्य, फिल्म, समाज, बैंकिङलगायत क्षेत्रका व्यक्तित्व समावेश १५ सेसन रहनेछन् । साथै 'संगम श्रुति' ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहने अधिकारीले बताउनुभयो ।

जात्रामा काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधिसमेत हुने किताब यात्रा प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रम संयोजक विकेश भट्टराईले जानकारी दिनुभयो ।

यस्ता कार्यक्रमले पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अङ्ग बनाउन मद्दत पुर्‍याउने उहाँको दाबी छ । किताब जात्रामा साहित्यका अतिरिक्त कला, सामाजिक तथा आर्थिक क्षेत्रसँग सम्बन्धित समसामयिक विषयवस्तुमा विमर्श गरिने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया