मानवशास्त्री सुरेश ढकालको ‘इतिहासअघिको इतिहास’ सार्वजनिक

 साउन १९, २०८१ शनिबार ९:४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – मानवशास्त्री सुरेश ढकालको किताब ‘इतिहासअघिको इतिहास’ सार्वजनिक भएको छ । हिजो प्रज्ञा प्रतिष्ठान, कमलादीमा भएको कार्यक्रममा अध्येताहरु अनुभव अजित, कैलाश राई, सञ्जय शर्मा, सविन निङलेखु र लेखक सुरेश ढकालले संयुक्त रुपमा किताब विमोचन गर्नुभएको हो ।

‘इतिहासअघिको इतिहास’ किताब सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त रहेको लेखक ढकालले बताउनुभयो । कार्यक्रममा अनुभव अजीतले महिलाको नलेखिएको र लुकाइएको इतिहास पनि किताबले बुझ्न सघाउने उल्लेख गर्नुभयो ।

कैलाश राईले किताबले रोचक शैलीमा प्रागैतिहासिक कालको समय र मान्छेको कथा बुझाउने बताउनुभयो । सविन निङलेखुले नेपाली सभ्यता र प्रागैतिहासिक काल बुझ्न किताब विशिष्ट सन्दर्भ सामग्री बन्न सक्ने बिचार राख्नुभयो ।

यस्तै सञ्जय शर्माले किताबले आगो आविष्कारदेखि पाङ्ग्राको आविष्कारसम्मको इतिहास र इतिहासको राजनीतिमाथि गम्भीर विमर्श गर्ने उल्लेख गर्नुभयो । यो किताब इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया