खराब मौसमका कारण हवाई सेवा प्रभावित

 साउन २२, २०८१ मंगलबार १०:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – निरन्तर पानी परेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानदेखि हवाई उडान प्रभावित भएको छ । ठूलो वर्षाले भिजिविलिटी कम हुँदा उडान तथा अवतरणमा समस्या भएको विमानस्थलले जनाएको छ । खराब मौसमकै कारण केही विमान अवतरण गर्न नसकेर आकाशमै होल्ड भएका छन् भने केहीलाई डाइभर्ट गरिएको छ ।

विमानस्थलबाट बिहानै उड्नु पर्ने विमान पनि उड्न सकेका छैनन् । खराब मौसमका कारण यसअघि बिहान स्तानबुलबाट काठमाण्डौ आएको तुर्किस्तान एयर उतै डाइभर्ट गरिएको छ भने फ्लाइ दुबई र ड्यूक एयर अवतरण गर्न नसकेर आकाशमै केहीबेर होल्ड भएका थिए । अहिले पनि उडान अवतरण प्रभावित नै छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया