आज राति धेरै ठाउँमा ठूलो र केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना

 साउन २२, २०८१ मंगलबार १८:८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अहिले पनि देशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । गएरातिदेखिको पानी दिउँसो केहीबेर रोकिए पनि अहिले फेरि देशका केही ठाउँमा ठूलो पानी पर्न शुरू भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो तीन घण्टामा कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, पाल्पा, नवलपरासी पश्चिम, रोल्पा, दैलेख, सुर्खेत लगायतका ठाउँमा ठूलो पानी परेको छ । यो क्रम भोलिसम्म नै रहने छ ।

आज राति पनि देशका धेरै ठाउँमा ठूलो र केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना छ । ताप्लेजुङ, पाँचथर, उत्तरी इलाम, सङ्खुवासभा, भोजपुर, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डाै उपत्यका, कास्की, बागलुङ, स्याङ्जा, लुम्बिनी प्रदेशका पूरै जिल्ला, पश्चिम तराईका पूरै जिल्ला र डडेलधुराका कतिपय ठाउँहरूमा अप्रत्याशित रूपमा ठूलो पानी पर्ने भएकाले सचेत रहन गृह मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले हिजो नै विशेष बुलेटिन निकालेर ३४ वटा जिल्लामा उच्च जोखिम अर्थात् 'रेड अलर्ट' जारी गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया