काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा मुसलधारे वर्षा : नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

 साउन २७, २०८१ आइतबार ६:१०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सर्लाहीलगायतका जिल्लामा मुसलधारे पानी परेको छ । सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सर्लाहीलगायतका जिल्लामा रातिदेखि नै र काठमाण्डौ उपत्यकामा बिहानपख ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर मकवानपुर र आसपासमा भएको वर्षाले लाल बकैया खोला, ढुधारा खोला, पूर्व राप्ती नदी र यसका सहायक खोलामा आकस्मिक बाढीको जोखिम भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै सिन्धुपाल्चोक र काठमाण्डौ उपत्यकाका नदी किनारमा पनि सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अहिले कोशी प्रदेशका सोलुखुम्बु, सङ्खुवासभा, धनकुटालगायतका जिल्लासहित बागमती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । आज दिउँसो पनि कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया