आज पाँच वटा प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली, धनुषा र झापासहित विभिन्न ठाउँमा वर्षा

 साउन २९, २०८१ मंगलबार ७:३८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज पाँच वटा प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली छ । केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा मौसम आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै धनुषाको तुल्सीमा ४५ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै झापाको दमकमा ३६ दशमलव ८ मिलिमिटर पानी परेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । कतै–कतै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशको मौसम सामान्य बदली रहने मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया