शेयर बजार ३४ अङ्कले बढ्याे, २३ अर्ब ४३ करोड रुपैयाँकाे काराेबार

 साउन ३०, २०८१ बुधबार १५:१७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो सामान्य घटेको शेयर बजार दोहोरो अङ्कले बढेको छ । दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से ३४ दशमलव २९ अङ्कले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ विन्दुमा पुगेको छ ।

आज जीवन बीमा, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, विकास बैंक, निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज १० वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज तीन सय ३२ वटा कम्पनीका पाँच करोड १२ लाख कित्ता शेयर २३ अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएको छ । आज हिमालयन रि–इन्सुरेन्स ८६ करोड र शिवम् सिमेन्ट्सको ८४ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया