माैसम विभागले भन्याे– ‘अर्काे सूचना नआएसम्म दूधकाेशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनू’

 साउन ३२, २०८१ शुक्रबार १७:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले दूधकोशी नदी आसपासमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले सूचना निकालेर थामे आसपास ठूलो बाढी आएको जानकारी प्राप्त भएकाले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको नदी तटीय क्षेत्रमा रहने बासिन्दालाई अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ ।

त्यस्तै गृह मन्त्रालयको विपद् महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालले सोलुखुम्बुकाे थामे क्षेत्रबाट बाढीले थामे गाउँमा ठूलो क्षति पुर्‍याएको र तल्लो तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्कता रहन अनुरोध गर्नुभएको छ ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले दूधकोशी नदी आसपासका क्षेत्रहरू अति जोखिममा रहेको भन्दै दूधकोशी नदी किनारमा बसोबास गर्ने बासिन्दालाई सचेत र सुरक्षित ठाउँमा जान अपिल गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया