अभिनेत्री थिन्ले लोकार्नो चलचित्र महोत्सवमा अवार्ड जित्न सफल

 भदौ १, २०८१ शनिबार १२:५३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले स्वीट्जरल्यान्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’ को ७७ औँ संस्करणमा अवार्ड जित्न सफल भएको छ । ‘शाम्बाला’ चलचित्रमा अभिनय गरेकी अभिनेत्री थिन्ले ल्हामोले ‘बोक्कालिनो डिओर’ पुरस्कार अर्थात् अवार्ड प्राप्त गरेकी छन् ।

यूरोपभरका फिल्म समीक्षकले उत्कृष्ट अभिनय गर्ने कुनै एक कलाकारलाई यो अवार्ड प्रदान गर्छन् । कुनै दक्षिण एशियाली कलाकारले यो क्रिटिक अवार्ड जितेको पहिलो पटक हो । अभिनेत्री ल्हामोले ‘उत्कृष्ट अभिनय प्रस्तुति’ विधामा प्राप्त अवार्ड नेपालका प्रतिभाशाली र उदीयमान कलाकारलाई प्रेरणा बनेको निर्देशक भामले बताएका छन् ।

‘यो अवार्ड नेपाली कलाकारले जित्नुुको अर्थ फिल्मको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिने विश्वास लिएका छौ,‘ निर्देशक भामले भनेका छन्, ‘यो सफलता हामी नेपालका फिल्मकर्मी, हिमाली क्षेत्रका प्रेरणादायी, सवल र ऊर्जाशील महिला र विश्व समुुदायप्रति समर्पण गर्न चाहन्छौं ।’

चलचित्रले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गरेको छ । उच्च हिमाली गाउँकी एक गर्भवतीलाई श्रीमान्ले छाडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथालाई निर्देशक भामले लेखक अविनाश विक्रम शाहसँग मिलेर लेखेका हुन् । यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको छ ।
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया