आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

 भदौ ३, २०८१ सोमबार ६:५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज दिउँसो देशभर बदली भएर सबै प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । मनसुनी प्रणालीको प्रभावका कारण अहिले पनि देशका सबैजसो ठाउँमा आंशिकदेखि पूर्ण बदली रहेको र दिउँसो पनि धेरैजसो ठाउँमा मौसम नखुल्ने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ ।

दिउँसो मधेश प्रदेशमा तुलनात्मक रुपमा पानी कम पर्ने र बाँकी प्रदेशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै भरे राति भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा र धेरै ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको छ ।

पछिल्लो एक घण्टामा उदयपुर, सिन्धुली, भक्तपुरसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ । पछिल्लो १२ घण्टामा देशभर सामान्य वर्षा भएको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया