काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा : नवलपुर र दाङमा सतर्कता अपनाउन आग्रह

 भदौ ४, २०८१ मंगलबार ६:१६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । मनसुनी प्रणाली सक्रिय भएका कारण हिजो बेलुकादेखि विभिन्न क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै दाङको पदमपुरमा १०२ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बर्दीयाको रानी जरुवा नर्सरी जल मापन केन्द्रमा ९४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । नवलपुरको डण्डामा ९०, मकवानपुरको रजैयामा ८५ दशमलव ६ मिलिमिटर पानी परेको छ ।

त्यस्तै डडेलधुरा, कैलाली, दैलेख, कास्की, बाग्लुङ, रुपन्देही, तनहुँ, चितवन , सिन्धुपाल्चोक, ललितपुर, काठमाण्डौ, भक्तपुर, झापा, धनकुटा, उदयपुर, सप्तरी, सिन्धुली, खोटाङ, दोलखा लगायतका जिल्लामा पनि सामान्यदेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नवलपुरको डण्डा वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा नारायणी नदी र यसका सहायक नदीहरुमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले आज बिहान १० बजे सम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी दाङको पदमपुर वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा पर्ने बबई नदी र यसका सहायक नदीहरुमा र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया