देशभर मनसुन सक्रिय - कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना

 भदौ ५, २०८१ बुधबार ८:४९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – देशभर मनसुन सक्रिय भएर धेरै ठाउँमा अहिले पानी परिरहेको छ । न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेकाले मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ ।

पछिल्लो ३ घण्टामा पर्साको रंगापुरको टांडी बजारमा सबैभन्दा धेरै ६० दशमलव २ र कञ्चनपुरको दोधारामा ५४ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाण्डौ उपत्यकासहित कैलाली, दैलेख, नुवाकोट, बारा, लमजुङ, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि पानी परिरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यसैबीच कैलालीको मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने जोखिम भएकाले तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले पर्साको रङ्गापुर टांडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगञ्ज र आसपासका क्षेत्रमा रहेका दुधौरा, पसाहा पनि बाढीको जोखिम रहेकाले स्थानीय बासिन्दालाई सचेत गराउँदै बिहान १० बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया