उदयपुर, सर्लाही, सिन्धुपाल्चोक र बाग्लुङमा बाढीको जोखिम

 भदौ ६, २०८१ बिहीबार ६:१२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – देशका विभिन्न ठाउँमा राति पनि पानी परेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै उदयपुरको सुन्दरपुरमा ६८ दशमलव ४ मिलिमिटर र सर्लाहीको पत्थरकोटमा ४० दशमलव ४ मिलिमिटर पानी परेको छ ।

यस्तै सर्लाहीको पत्थरकोट क्षेत्र भइ बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाखाखाले आग्रह गरेको छ ।

यस्तै उदयपुरको त्रियुगा खोला, सिन्धुपाल्चोकको मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्र र बाग्लुङको म्याग्दी खोला नदी तटीय क्षेत्रमा बस्नेहरुलाई पनि सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया