कोशी, मधेस, बाग्मती र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

 भदौ ७, २०८१ शुक्रबार ८:४०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ –  आज कोशी, मधेस, बाग्मती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशैभरका केही ठाउँमा पानी परे पनि लगातार झरी नपर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनु भयो ।

अहिले पनि मधेश प्रदेशका थोरै ठाउँहरूमा तथा बाग्मती र कर्णाली प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विशेष गरेर अहिले मधेश प्रदेशको बारा जिल्ला आसपास ठूलो पानी  परिरहेको छ ।

गएको २४ घण्टामा बारा, सिन्धुपाल्चोक, बाँके, इलाम, झापा, ओखलढुङ्गालगायतका ठाउँमा ठूलो पानी परेको थियो । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया