आउँदो तीन दिन बारा, पर्सा, मकवानपुर र आसपासका नदीमा बाढीको जोखिम

 भदौ ७, २०८१ शुक्रबार १२:४०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज बिहानैदखि बाराको सिमरा, परवानीपुर र कलैया आसपासको क्षेत्रमा ठूलो पानी परेको छ । पानी ठूलो परेकाले दुधौरा, पसाह, बकैया लगायत यो क्षेत्र भई बहने अन्य साना खोलाहरूको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाराको दुधौरा खोला गढीमाई जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूलाई सर्तकता अपनाउन भनिएको छ । आउँदो तीन दिन बारा, पर्सा, मकवानपुर र आसपास भइ बहने धेरैजसाे स–साना नदीहरूमा आकस्मिक बहावको मध्यम जोखिम रहने पूर्वानुमान रहेको छ ।

कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूका साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह भने सतर्कता तह तलै रहने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया