एन्फा महासचिवको तलब झन्डै २ लाख ७० हजार, राष्ट्रिय खेलाडीको ३० हजार रुपैयाँ

 भदौ १२, २०८१ बुधबार १३:३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ ।

एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङले एजेन्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब दुई हजार अमेरिकी डलर अर्थात् झन्डै २ लाख ७० हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव राख्नुभएको हो । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ । यसअघि महासचिव राईले तलब मासिक १ लाख २० हजार रुपैयाँ रहेको थियो ।

बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपैयाँबाट बढाएर मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ ।

यस्तै बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । उनको नेतृत्वमा नेपालले १९ वटा खेल खेलेकोमा जम्मा ५ पटक मात्र जितेको थियो । यस्तै ४ वटा खेल बराबरीमा सकिँदा १० वटा खेलमा नेपाल पराजित भएको थियो । एन्फाले अब खुला प्रतिस्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

हिजो बिहानदेखि शुरू भएको बैठक राति अबेरसम्म चलेको थियो । बैठक सकिएको छैन । आज २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलका कारण भोलि फेरि बैठक शुरू हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया