गण्डकी प्रदेशमा ९ वटा मन्त्रालय बनाउने कांग्रेस र एमालेबीच सहमति

 भदौ १३, २०८१ बिहीबार १५:२:१५ | रासस
unn.prixa.net

कास्की – सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गण्डकी प्रदेशमा नौ वटा मन्त्रालय बनाउने सहमति भएको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको अहिलेको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ ।

नयाँ सत्ता समीकरणअनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार वटा मन्त्रालय लिने सहमति भएको छ । आउँदो आइतवारसम्ममा मन्त्रालयको बाँडफाँट टुङ्ग्याएर मन्त्रीहरूको शपथ गराउने तयारी छ ।

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई समेत समेटेर सरकार पुनर्गठन गर्ने कांग्रेसले जनाएको छ ।

यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सात वटा बनाइएको थियो । तर अहिले दलहरूबीच मन्त्रालयको बाँडफाँट मिलाउन फेरि मन्त्रालय थप्ने सहमति भएको हो ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया