प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ : अध्यक्ष दाहाल

 असोज ५, २०८१ शनिबार १८:१२:४३ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अबका एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएको बताउनुभएको छ ।

अखिल नेपाल ट्रेड यूनियन महासङ्घले काठमाण्डौमा गरेको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले सत्तारुढ दलहरूले संविधान संशोधनको मुद्दा उठाइरहेको भन्दै यदि संविधान संशोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

अहिले संविधानमार्फत् नागरिकले पाएको अधिकार दलाल पूँजीपति, नोकरशाह र माफियाहरुलाई नपचेको उहाँको आरोप छ । इमान्दारिताका साथ संविधान संशोधनको एजेण्डा उठाउन खोजे आफूहरु त्यसका लागि तयार हुने उहाँले बताउनुभयो । अहिले बढिरहेको भ्रष्टाचार निर्वाचन प्रणालीका कारण रहेको भन्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचारको मुहान सुकाउन समानुपातिक प्रणाली आवश्यक रहेको बताउनुभयो ।

यस्तै उहाँले संविधान र शान्ति सम्झौताको मर्म, भावनाविपरीत जनयुद्धलाई हत्या, हिंसा भनिएकाले आफूहरू सदन अवरोधको स्थितिमा रहेको भन्दै भनाई फिर्ता नभएसम्म संसद् अवरोध जारी राख्ने बताउनुभयो । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया