इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनल तथा ब्राइटन र नटिङघम फरेस्टले बराबरी खेले

 असोज ७, २०८१ सोमबार ७:४७:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र आर्सनल तथा ब्राइटन र नटिङघम फरेस्टले बराबरी खेलेका छन् । गएराति म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाड स्टेडियममा भएको खेलमा सिटी र आर्सनलले २–२ गोलको बराबरी खेलेका हुन् ।

म्यानचेस्टर सिटीका दागि  इर्लिङ हाल्याण्डले खेलको ९ मिनेटमा र जोन स्टोन्स्ले निर्धारित ९० मिनेटको खेलपछि थपिएको अतिरिक्त समयमा गोल गरे । यस्तै आर्सनलका रिचार्डो क्यालाफियोरीले खेलको २२ औँ मिनेटमा र गाव्रियल मगलेसले दोस्रो हाफको पहिलो मिनेटमै गोल गरेका हुन् ।

आर्सनलका लिन्ड्रो ट्रोसार्डले दोस्रो हाफको ८ औँ मिनेटमा रातो कार्ड पाएर खेलबाट बाहिरिएका थिए । साविक विजेता सीटी १३ अङ्कका साथ शीर्ष स्थानमा छ । आर्सनल ११ अङ्कसहित चौथो स्थानमा छ । यसअघि गएराति भएको पहिलो खेलमा ब्राइटन र नटिङघम फरेस्टले पनि बराबरी खेलेका थिए ।

ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडियममा भएको खेलमा ब्राइटन र नटिङघम फरेस्टले २–२ गोलको बराबरी खेलेका हुन् । ब्राइटनका लागि ज्याक हिन्शेलउड र ड्यान्नि वेलबेकले गोल गरे । नटिङघम फरेस्टका क्रिस उडले पेनाल्टीमा र रामोन सोसाले गोल गरे । नटिङघम फरेस्टका मोर्गन गीब्स ह्वाइटले रातो कार्ड पाए । 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया