स्पेनिस ला लिगामा बार्सिलोनाको छैटौँ जीत, भिल्लारियल ५–१ ले पराजित

 असोज ७, २०८१ सोमबार ९:३७:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई हराएको छ । भिल्लारियलको घरेलु मैदान सिरामिका स्टेडियममा गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ५–१ गोलले हराएको हो ।

बार्सिलोनाको यो छैटौँ जीत हो । जीतपछि शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अङ्क पुगेको छ । समान खेलबाट ११ अङ्क जोडेको भिल्लारियल भने पाँचौँ स्थानमा छ । उसको यो दोस्रो हार हो । बार्सिलोनाको जीतमा रोवर्ट लेवान्डोस्कीले खेलको २० औँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यसको १५ मिनेटपछि उनले अग्रता दोब्बर बनाए ।

यस्तै बार्सिलोनाका लागि पाब्लो टोरेले  १ र राफिन्हाले २ गोल थपे । खेलको ३८औँ मिनेटमा अयोज परेजले गोल एक गोल फर्काउनु बाहेक भिल्लारियलले अरु कुनै गोल गर्न सकेन । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई हराएको छ ।

यस्तै गएरातिको अर्को खेलमा रायो भालेकानो र एथ्लेटीको मड्रिडले १–१ गोलको बराबरी खेलेका छन् । 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया