इजरायल र हिजबुल्लाहको आक्रमणले मध्य पूर्वमा विपत्ति निम्त्याउने चेतावनी

 असोज ७, २०८१ सोमबार १२:२४:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली सेना र हिजबुल्लाह समूहले एकअर्काविरुद्ध आक्रमण बढाउने बताएलगतै अन्तर्राष्ट्रिय समुदायले युद्धबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्लो समय सीमापार युद्ध बढिरहेका बेला दुवै समूहले आक्रमण अझै बढाउने धम्की दिएपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट चासो र चिन्ता व्यक्त हुन थालेको हो ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले लेबनानलाई अर्को गाजामा परिणत गर्ने सम्भावना बढेको भन्दै युद्ध रोक्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले मध्य पूर्व विपत्तिको सङ्घारमा रहेकाले सैन्य कारबाहीका नाममा आक्रमण र युद्ध बढाउनुभन्दा वार्ताका माध्यमबाट रोक्ने उपाय अपनाउनुपर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि वाशिङ्टनले युद्ध फैलनबाट रोक्न सक्ने सबै काम गर्ने बताउनुभएको छ भने बेलायती विदेश सचिव डेभिड लामीले पनि ‘तत्काल युद्धविराम’ को आह्वान गर्नुभएको खबरमा उल्लेख छ ।

इरान समर्थित समूह हिजबुल्लाहले इजरायलमा र इजरायली सेनाले लेबनानमा कैयौं रकेट, मिसाइल र अन्य  प्रक्षेप्यास्त्रहरू आक्रमण गर्ने क्रम बढाएका छन् ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया