५९ अङ्कले घटेर शेयर बजार २५ सय २९ विन्दुमा, ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार

 असोज ७, २०८१ सोमबार १५:८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो ११ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ५९ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन हिमालयन हाइड्रोपावर कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज तीन सय २९ वटा कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २१ करोड रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया