इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

 असोज १०, २०८१ बिहीबार १५:१९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : नेपाल प्रहरी

काठमाण्डाै – ठगीसम्बन्धी र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना फरार प्रतिवादी दुबईबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भएका ४२ वर्षीय भूपेन्द्र बोहोरा र काठमाण्डौको नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय कबिर बुढाथोकी रहेको प्रहरीले जनाएको छ । यस्तै पक्राउ पर्नेमा जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भई अहिले काठमाण्डौको चन्द्रागिरि नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन् । उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

अनुसन्धान एवम् कारबाहीका लागि भूपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया