मनसुनी वर्षा : नदी जलाधार क्षेत्रमा उच्च सतर्कता अपनाउन, जोखिमयुक्त सडकमा गाडी चलाउन राेक्न विज्ञकाे सुझाव

 असोज १०, २०८१ बिहीबार १५:१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आजदेखि देशभर अस्वाभाविक मनसुनी वर्षा हुने भएकाले नदी जलाधार क्षेत्रको मानव बस्तीमा सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आउँदो आइतबारसम्म मेघगर्जन र चट्याङसहित ठूलो र केही ठाउँमा अति ठूलो वर्षा हुने पूर्वानुमान छ । वर्षाको यो पूर्वानुमानलाई विज्ञहरूले सामान्य मनसुनी वर्षाभन्दा फरक चरित्रको रहेको भन्दै उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएका हुन् ।

जलवायु तथा विपद् विज्ञ डाक्टर धर्मराज उप्रेतीले विशेष गरेर नदी जलाधार क्षेत्रमा मुसलधारे वर्षा हुनसक्ने भएकाले जलाधार तटीय क्षेत्र र आसपासका राजमार्गमा 'फोर्स इभ्याकुएशन' अर्थात् सरकारी निकायले हानि/नोक्सानी रोक्न बल प्रयोग गरेर बस्ती खाली गर्ने वा गाडी सञ्चालनमा रोक लगाउनुपर्ने अवस्थासम्म आउन सक्नेतर्फ सचेत गराउनुभयो । यस्तै उहाँले धान भित्र्याउनेसमय पनि भएकाले काटिसकेको धान आज दिउँसोसम्म थन्क्याउन र नकाटेको धानलाई आइतवारसम्म यथास्थितिमा नै राख्न पनि सुझाव दिनुभएको छ ।

जलवायु तथा विपद् विज्ञ डाक्टर धर्मराज उप्रेती

त्यसैगरी अत्यावश्यकबाहेकको लामो यात्रा नगर्न पनि विज्ञहरूले सुझाव दिएका छन् । जलवायु तथा विपद् विज्ञ उप्रेतीले ठूलो वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने भएकाले यसबाट हुनसक्ने हानि/नोक्सानी कम गर्न सरोकारवाला निकायसँगै सर्वसाधारण पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा एक सय मिलिमिटर, १२ घण्टामा एक सय २० मिलिमिटर र २४ घण्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई ठूलो वर्षा भएको मानिन्छ ।

मौसम विज्ञान विभागले ५६ वटा जिल्लामा वर्षाको 'रेड अर्लट' जारी गरिसकेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया