काठमाण्डाै उपत्यकामा मध्यम वर्षा, थप पानी पर्ने सम्भावना

 असोज ११, २०८१ शुक्रबार १५:२०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा अहिले मध्यम वर्षा भइरहेको छ । उपत्यकाका सबै वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा मध्यम वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाग्मती, मनोहरा, विष्णुमती, धोबीखोला, हनुमन्ते, गोदावरी, बल्खु खोला, नख्खुलगायतका नदीमा जलसतह सतर्कता तह आसपास छ । जलसतह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा रहने र यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अहिले देशका थोरै ठाउँबाहेक सबैतिर निरन्तर पानी परिरहेको छ । केही ठाउँमा निकै ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतिपय नदी र खोलामा बाढी आएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया