संस्कृत विश्वविद्यालयकाे केन्द्रीय कार्यालयमा लागेकाे ताला ३ महिना ८ दिनपछि खुल्याे

 असोज ११, २०८१ शुक्रबार १५:४८:३६ | हेमराज शर्मा
unn.prixa.net

काठमाण्डाै – नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय बेलझुण्डी दाङको कार्यालयमा लागेको ताला तीन महिना आठ दिनपछि खुलेको छ ।

संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा लागेको ताला १५ दिनको निरन्तर वार्ता र छलफलपछि खुलेको हो । विश्वविद्यालयका तर्फबाट वार्ता टोलीका संयोजक प्राध्यापक योगराज शर्माले विश्वविद्यालयमा अध्ययनरत विभिन्न विद्यार्थी सङ्गठन र आंशिक प्राध्यापकका माग सम्बोधनका लागि विश्वविद्यालय सहमत भएको र ताला खोलिएको बताउनुभयो ।

आयुर्वेद चिकित्सा अध्ययनरत विद्यार्थीका लागि अस्पताल बनाउन तत्काल प्रस्तावना निर्माण गरी अघि बढाउने, ओपीडी कक्ष तत्काल सञ्चालनमा ल्याउने, विद्यार्थीले पाउँदै आएको इन्टनशिपलाई निरन्तरता दिने, दुई करार शिक्षकको करार नवीकरण गर्ने र विश्वविद्यालयमा देखिएको आर्थिक तथा नीतिगत भ्रष्टाचारका विषयमा सबै सरोकारवाला पक्षलाई सचेत गराउँदै छानबिन गर्ने सहमति भएको छ ।

विभिन्न विद्यार्थी सङ्गठन तथा आंशिक प्राध्यापकले विश्वविद्यालय सुधारसँगै विभिन्न माग राख्दै असार २ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयसँगै विभिन्न शाखामा ताला लगाएका थिए ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया