दाङमा जुवाको खालबाट ७ जना पक्राउ

 असोज १७, २०८१ बिहीबार १५:८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

दाङ – दाङमा जुवाको खालबाट सात जना पक्राउ परेका छन् । दाङ प्रहरीकाअनुसार पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका–३ घर भई घोराही उपमहानगरपालिका–१४ मा होटल सञ्चालन गरी बस्ने ४० वर्षीय बोधधन रोका, रुकुम पूर्व पुथा उत्तरगङ्गा–११ घर भई घोराही–१५ बस्ने ४१ वर्षका रामचन्द्र बुढा, ५६ वर्षका विष्णु बुढा, ५७ वर्षका ज्योती बुढा रहेका छन् ।

यस्तै घोराही–१५ का ४३ वर्षीय अम्मर घर्ती, पुथा उत्तरगङ्गा–११ घर भई घोराही–१४ बस्ने ५६ वर्षीय सुकलाल बुढा र घोराही–१३ बस्ने ४१ वर्षीय दीपक विक पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट ५८ हजार चार सय ५५ रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । घोराही–१४ मा रहेको कुमारी होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया