तस्वीरमा ६४ वर्षअघिको नेपाल

 असोज २१, २०८१ सोमबार १३:५३:१० | विकास तामाङ
unn.prixa.net

ललितपुर – ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा असोज १० गतेदेखि शुरू भएको 'एन एन्थ्रोपोलोजिस्ट अर्ली ग्लिम्पसेस अफ नेपाल (१९६०–१९७५)' नामक फोटो प्रदर्शनी भइरहेको छ । प्रदर्शनीमा प्राचीन काठमाण्डौ र डोल्पोको सामाजिक, सांस्कृतिक क्षेत्रका तस्वीरहरू राखिएका छन् ।

प्रसिद्ध फ्रान्सेली मानवशास्त्री तथा फोटोग्राफर डा. कोर्निल जेष्टले सन् १९६० देखि १९७५ सम्म खिचेका ९० वटाभन्दा बढी तस्वीर राखिएका छन् । जेष्टले खिचेका प्राचीन स्वयम्भूनाथ, पशुपति, खोकनाका धार्मिक स्थलहरूको फोटोहरू प्रदर्शनीमा राखिएका छन् । ६४ वर्षअघिकाे काठमाण्डौको जनजीवन, सामाजिक सांस्कृतिक पक्षलाई जेष्टले खिचेका छन् ।

नेपालको हिमाली क्षेत्रलाई अध्ययन अनुसन्धान गर्दै जेष्टले डोल्पाको तराप भ्यालीलाई केन्द्र बनाई ११ महिना डोल्पेलीमाझ बिताएका थिए । त्यस समयमा त्यहाँको रहनसहन, भौगोलिक परिवेश, सामाजिक, सांस्कृतिक पक्षको अध्ययन अनुसन्धान गरी उनले तस्वीर खिचेका थिए ।

यही कात्तिक २ गतेसम्म चल्ने प्रदर्शनीमा प्रवेश निःशुल्क छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया