दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ

 असोज २१, २०८१ सोमबार १४:७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् ।

काठमाण्डौको नयाँ बसपार्क, बल्खु, कलङ्की, कोटेश्वरलगायतका ठाउँबाट आज १४ जना पक्राउ परेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले उज्यालोलाई जानकारी दिनुभएको छ । पक्राउ परेकामध्ये केहीले तोकिएको भन्दा धेरै भाडा लिएका, केहीले नक्कली टिकट बेचेका रहेका उहाँको भनाइ छ ।

दशैँको समय र खराब सडकलाई कारण देखाएर दोब्बरसम्म भाडा भइरहेको पाइएको पनि ट्राफिक प्रहरीले जनाएको । दशैँको बेला टिकटमा कालोबजारी भएमा नजिकैको प्रहरी वा १०३ नम्बरमा ट्राफिक प्रहरीलाई खबर गर्न प्रहरी नायब निरीक्षक रविन कार्कीले आग्रह गर्नुभएको छ ।

यसैबीच यातायात व्यवसायीहरूले सर्वसाधारणलाई टिकट छैन भन्दै फर्काएर चर्को मूल्यमा गाडी रिजर्भमा चलाइरहेको गुनासो बढेको छ । टिकट काट्दा सरकारले तोकेकै भाउमा काट्नुपर्ने बाध्यताबाट उम्किनका लागि व्यवसायीहरूले यात्रुलाई चर्को मूल्यमा गाडी रिजर्भ गर्न बाध्य बनाएको पाइएको छ ।

काठमाण्डौमा नयाँ बसपार्कबाट अहिले देशका धेरै ठाउँमा जाने टिकट पाइँदैन । तर व्यवसायी  र बिचौलियाले ‘रिजर्भमा जाने हो’ भन्दै यात्रुलाई सोधिरहेको देखिन्छ । कतिपय सर्वसाधारणले दोब्बर महँगो भाडा तिर्दा पनि टिकट नपाएको तर तीन गुणा धेरै भाडा लाग्ने गरी रिजर्भ गर्दा भने गाडी उपलब्ध भएको बताएका छन् ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया