यस वर्षकाे असाेज १५ देखि पुस १६ गतेसम्म ५ वटा प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने अनुमान

 असोज २१, २०८१ सोमबार १८:२९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – यस वर्षको असोज १५ गतेदेखि पुस १६ गते अर्थात् (अक्टोबरदेखि डिसेम्बर) सम्मको तीन महिनामा पाँच वटा प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाे छ ।

कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको हाे ।

यस्तै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम पानी पर्ने र देशका बाँकी भूभागमा सरदर पानी पर्ने सम्भावना रहेको छ । अधिकतम तापक्रम देशका धेरैजसाे भूभागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया