सेप्टेम्बर महिनामा औसतको १ सय ७० प्रतिशतभन्दा धेरै वर्षा, तापक्रममा नयाँ रेकर्ड

 असोज २३, २०८१ बुधबार १३:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सेप्टेम्बर महिनामा नेपालमा औसतको तुलनामा १ सय ७० दशमलव १ प्रतिशत वर्षा भएको छ । सेप्टेम्बरमा सरदरमा २ सय ४२ दशमलव ९० मिलिमिटिर वर्षा हुने गरेकोमा यो वर्ष ४ सय १३ दशमलव १ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो सन् १९८१ यता सेप्टेम्बर महिनामा सबैभन्दा धेरै मापन गरिएको वर्षा रहेको विभागको प्रारम्भिक प्रतिवेदनले जनाएको छ । सेप्टेम्बर महिनामा बाग्मतीदेखि सुदूरपश्चिमसम्मका विभिन्न भू–भागमा ४ सय मिलिमिटरभन्दा बढी वर्षा भयो । सबैभन्दा धेरै वर्षा हेटौँडामा ७ सय ७८ दशमलव ७ मिलिमिटर रेकर्ड भएको छ । एकैदिन उच्च वर्षाको रेकर्ड पनि सेप्टेम्बर महिनामा कायम भएको छ । यस वर्ष मनसुन सकिने बेला भएको असाधारण वर्षाले देशको मध्य र पूर्वी भागमा जनधनको ठूलो क्षति गराएको छ ।

वर्षासँगै सेप्टेम्बरमा तापक्रमले पनि देशका धेरैजसो भागमा नयाँ उचाइ कायम गरेको छ । लहानमा सेप्टेम्बर २३ मा ३९ दशमलव ५ डिग्री सेल्सियसको सर्वाधिक तापक्रम मापन भएको विभागले जनाएको छ । सेप्टेम्बरमा देशका धेरैजसो ठाउँमा अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी पुगेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया