यात्रुसँग बढी भाडा लिने ३१ जना काठमाण्डाैका विभिन्न ठाउँबाट पक्राउ

 असोज २३, २०८१ बुधबार १५:२३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यात्रुसँग बढी भाडा लिने ३१ जनालाई ट्राफिक प्रहरीले काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।

आज बल्खुबाट आठ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट तीन जना गरी १७ जनालाई पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै हिजो बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना गरी १४ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा बुझाइएको छ ।

यस्तै जाँचका क्रममा निजी नम्बर प्लेटका गाडीले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको अवस्थामा २ वटा गाडीलाई समेत नियन्त्रणमा लिइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन कार्कीले जानकारी दिनुभयो ।

चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्नका लागि ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाका १४ वटा ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुको गुनासो सम्बोधन गर्दै आएको छ ।

यात्राका क्रममा कसैले अनावश्यक दुखः हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया