समसामयिक विषयवस्तुमा व्यङ्ग्यात्मक प्रहार गर्दै सिस्नोपानी नेपालक...
कात्तिक १६, २०८१ शुक्रबार
चीनले ताइवानको टापुमा आजदेखि नयाँ सैन्य अभ्यास शुरु गरेको छ । युद्धपोत र लडाकु विमानले भाग लिइरहेको सैन्य अभ्यास टापु वरपर नौ ठाउँमा भइरहेको छ । ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने अभिव्यक्ति दिएको केही दिनपछि चीनले यो अभ्यास शुरु गरेको हो । यसले चीन–ताइवान तनावलाई थप बढाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ताइवानका राष्ट्रपति विलियम लाइले यसअघि चीनको नियन्त्रण नस्वीकार्ने अभिव्यक्ति दिनुभएको थियो । अलजजिराका अनुसार पीपुल्स लिबरेसन आर्मी (पीएलए) पूर्वी थिएटर कमाण्डले ताइवान स्ट्रेट र उत्तर, दक्षिणका क्षेत्रमा सेना, नौसेना, वायुसेना र रकेट फोर्सका आफ्ना सेनाहरू पठाइरहेको छ । चीनले टापु आफ्नो दाबी गर्दै आएको छ ।
चीनले ताइवानलाई छुट्टिएको एक प्रान्तको रूपमा हेर्छ । तर ताइवानको रक्षा मन्त्रालयले स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्न तथा ताइवानको सार्वभौमसत्ताको सुरक्षा गर्न आवश्यक सेनाहरू पठाएको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले ताइवान वरपर चीनको सैन्य अभ्यासको निगरानी गरिरहेको जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।