देशभर बिहान बेलुका चिसो बढ्न थाल्यो, अधिकतम तापक्रममा पनि कमी

 असोज २८, २०८१ सोमबार १५:३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर बिहान बेलुका विस्तारै चिसो बढ्न थालेको छ । पछिल्लो केही दिन यता काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम विस्तारै घट्न थालेसँगै चिसो पनि बढ्न थालेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम ३०/३१ डिग्री सेल्सियस हुने गरेकोमा अहिले २८/२९ डिग्री सेल्सियमा झर्न थालेको छ ।

त्यस्तै काठमाण्डौ उपत्यकाको न्यूनतमा तापक्रम पनि१६ डिग्री सेल्सियमा झरेको छ । त्यस्तै विराटनगरमा अक्टोबर आठ अर्थात् यही २२ गते अधिकतम तापक्रम ३३ डिग्री भएकोमा अहिले ३१ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै न्यूनतम तापक्रम २३ डिग्री सेल्सियसमा झरेको छ ।

धनगढी ,नेपालगञ्ज, धनकुटा, भैरहवा, लगायका देशभरकै तापक्रम विस्तारै घट्नेक्रममा रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनु भयो । मौसमविद् लामिछानेका अनुसार तापक्रम घट्ने दर सबै ठाउँको एउटै नहुँने र ठाउँ अनुसार फरक फरक हुने बताउनु भयो ।

नेपालबाट १० दिन ढिलो गरेर अस्ति १२ अक्टोबरका दिन मनसुन बाहिरिसकेको छ । मनसुनी वायु बाहिरए पछि तापक्रम घट्ने थाल्ने मौसमविद्को भनाइ छ ।  
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया