देशभर चिसो बढ्यो, काठमाण्डौको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियमा झर्‍याे

 असोज २९, २०८१ मंगलबार ८:४३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेकामा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले विभिन्न ठाउँमा बदली र वर्षासँग चिसो पनि बढेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् ।

अस्ति आइतवार असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागे पनि बेलुका र बिहान निकै चिसो महसुस हुने गरेको छ । काठमाण्डौ उपत्यकामा पछिल्लो एकहप्तामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाण्डौको न्यूनतम तापक्रम २० डिग्री सेल्सिय हाराहारी रहेकामा त्यसको एकहप्तापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ ।

अस्ति आइतवार काठमाण्डौको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्री सेल्सिय पुगेको थियो भने हिजो सोमवार १६ डिग्री सेल्सिय पुगेको थियो । काठमाण्डौसहित देशका धेरै ठाउँमा तापक्रम घटेको छ । पोस्ट मनसुनपछि चिसो मौसम शुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया