चिनियाँ विद्युतीय गाडीमा थप कर लगाउने निर्णयमा ढिलाइ गर्न ईयूलाई मर्सेडिज बेन्जको आग्रह

 कात्तिक ६, २०८१ मंगलबार ९:९:४८ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

जर्मनीको कार निर्माता कम्पनी मर्सेडिज–बेन्जले चिनियाँ विद्युतीय गाडीमा थप कर लगाउने विषयमा चीनसँगको विवाद कम गर्न युरोपेली युनियन (ईयू) लाई आग्रह गरेको छ ।

मर्सेडिज–बेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओला केलेनियसले दुवै पक्षको हितलाई नोक्सान पुग्नबाट बचाउनका लागि थप कर लगाउने लागू गर्न ढिलाइ गर्न आग्रह गर्दै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सीईओ केलेनियसले आफूहरूलाई थप अवरोधहरू नभई स्वतन्त्र व्यापार चाहिएको बताउनुभएको खबरमा उल्लेख छ । उहाँले चिनियाँ विद्युतीय गाडीमाथिको प्रस्तावित शुल्कले ईयूको विश्वव्यापी प्रतिस्पर्धात्मकता बढाउन असफल हुने बताउनुभएको छ ।

चिनियाँ विद्युतीय गाडीमाथि ईयूले प्रस्ताव गरेको शुल्क लागू गर्ने निर्णय नजिकिँदै गर्दा मर्सेडिज–बेन्जका सीईओ केलेनियसले दुवै पक्षलाई लाभ हुने गरी सन्तुलित समाधान खोज्न आह्वान गर्नुभएको छ ।

यो महिनाको शुरूमा धेरैजसो ईयू देशहरूले चीनबाट आयात गरिएका विद्युतीय गाडीमा ३५ दशमलव ३ प्रतिशतसम्मको थप कर लगाउने मार्गप्रशस्त गरेका छन् । तर जर्मनीले भने यो निर्णयले देशको विशाल कार उद्योगलाई नोक्सान हुने सक्ने भन्दै ईयूको निर्णयको विरुद्धमा मतदान गरेको थियो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया