सुनापती गाउँपालिकाले घर भत्किएकालाई जस्तापाता र चौपाय मरेका किसानलाई रकम दिने

 कात्तिक ७, २०८१ बुधबार १७:२३:४० | दीपक भट्ट
unn.prixa.net

रामेछाप – सुनापती गाउँपालिकाले वर्षाजन्य विपदका कारण घर भत्किएकाहरुलाई जस्तापाता र चौपाय मरेका किसानलाई रकम दिने भएको छ । पालिकाका अध्यक्ष ठूलाकान्छा तामाङको अध्यक्षतामा बसेको बैठकले पीडितहरुलाई राहात दिने निर्णय गरेको हो ।

बैठकले घर भत्किएका पिडितलाई दुई बण्डल जस्ता र पशु चौपाय मरेको भएमा एउटा भैँसी बराबर २० हजार, गोरु र गाई मरेकामा प्रतिगोटा १२ हजार, प्रतिबाख्रा आठ हजार, बाख्राको पाठापाठी मरेकाकोमा दुई हजार रुपैयाँका दरले नगद रकमप्रदान गर्ने निर्णय गरेको उपाध्यक्ष गिता विष्टले बताउनुभयो ।   

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया