ब्रिक्स शिखर सम्मेलनमा मध्यपूर्व र युक्रेनमा शान्तिको लागि विश्व समुदायको आह्वान

 कात्तिक ८, २०८१ बिहीबार ७:२:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसमा आयोजित १६ औँ ब्रिक्स शिखर सम्मेलनमा विश्वका नेताहरूले मध्यपूर्व र युक्रेनमा शान्तिको आह्वान गरेका छन् । रुसको कजानमा भएको सम्मेलनमा सहभागी भएका विश्वका झण्डै २० जना नेताहरूको यो भेला राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ मा युक्रेनमा सेना पठाएयता रुसमा आयोजित सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो ।

सन् २००९ मा चार सदस्य – ब्राजिल, रुस, भारत र चीनबाट शुरु भएको ब्रिक्स दक्षिण अफ्रिका, इजिप्ट र इरान जस्ता अन्य उदीयमान राष्ट्रहरू समावेश गर्दै विस्तार भएको छ । यी देशका नेताहरुले निकालेको     संयुक्त वक्तव्यमा ‘मध्यपूर्व र उत्तर अफ्रिकी क्षेत्रमा भइरहेको  द्वन्द्व र अस्थिरताबारे गहिरो चिन्ता’ व्यक्त भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

नेताहरुले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरूमाथि इजरायली आक्रमणको आलोचना गर्दै लेबनानको ‘क्षेत्रीय अखण्डता’ ‘संरक्षित’ गर्न समेत आग्रह गरेका छन् । जवाफमा राष्ट्रपति पुटिनले युक्रेन द्वन्द्वमा मध्यस्थताका प्रस्तावहरूलाई स्वागत गरेको बताउनुभयो ।

पुटिनले सम्मेलनलाई मस्कोलाई एक्ल्याउने पश्चिमी प्रयासहरू असफल भएको सङ्केतका रूपमा प्रस्तुत गरिरहनुभएको छ  तर उहाँले आफ्ना केही निकटतम र महत्त्वपूर्ण साझेदारहरूबाट युक्रेन द्वन्द्व अन्त्य गर्न प्रत्यक्ष आह्वानको सामना गर्नुपरेको खबरमा उल्लेख छ ।

यसैबीच सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच आज द्विपक्षिय भेटवार्ता हुने छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो । अस्ति मङ्गलवार शुरु भएको सम्मेलन आज सकिँदैछ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया