समुद्री आँधी 'दाना' आज भारतको पश्चिम बङ्गाल र ओडिशाको तटमा पुग्ने, रेल सेवा र विद्यालय बन्द

 कात्तिक ८, २०८१ बिहीबार १५:१४:४१ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

समुद्री आँधी 'दाना' आज भारतको पश्चिम बङ्गाल र ओडिशाको तटमा पुग्ने भन्दै सरकारले चेतावनी जारी गरेको छ । पश्चिम बङ्गाल र ओडिशाका सरकारले चक्रवाती आँधीबाट बच्नका लागि तयारी पूरा भएको बताएका छन् । आँधीका कारण वन्दे भारत र राजधानी एक्सप्रेससहित दुई सय वटाभन्दा धेरै रेल बन्द भएका छन् ।

पश्चिम बङ्गाल र ओडिशा सरकारले सावधानीका रूपमा तटीय क्षेत्रबाट झन्डै तीन लाख जना मानिसलाई सुरक्षित ठाउँमा सारेका छन् । दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय पर्सि शनिवारसम्म बन्द भएका छन् । डाक्टरहरूसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

'दाना' आँधीकै कारण आज र भोलि शुक्रवार भारी वर्षाको सम्भावना छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले 'दाना' को सम्भावित प्रभाव भएका जिल्लाहरूमा स्थिति अनुगमन गर्न सचिवस्तरका अधिकारीहरूलाई नियुक्त गरिएको बताउनुभएको छ । ओडिशाका राजस्व तथा विपद् व्यवस्थापन मन्त्री सुरेश पुजारीले पर्यटकहरूलाई आउँदो चार दिनका लागि सबै होटल बुकिङ रद्द गर्न आग्रह गर्नुभएको छ ।

अस्ति मङ्गलवार तीन हजार जनाभन्दा धेरै पर्यटकलाई पुरी क्षेत्रबाट सुरक्षित रूपमा घर पठाइएको सरकारले जनाएको छ । अहिले पुरीका सबै होटल लगभग खाली रहेका छन् ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया