दिल्लीको वायु प्रदूषण घातक अवस्थामा, तिहारका बेला झनै बढ्ने जोखिम

 कात्तिक ११, २०८१ आइतबार १५:११:३७ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा हावाको गुणस्तर मानव स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको छ । आज दिल्लीको आनन्दबिहारमा हावाको गुणस्तर मापन सूचक (एक्यूआई) ४ सय ६ र अलिपुर क्षेत्रमा ४ सय ३ मापन भएको भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार एक्यूआई ३ सयभन्दा माथि पुगेमा मानिसका लागि डरलाग्दो वा घातक हुन्छ । तर दिल्लीका कतिपय ठाउँमा एक्यूआई ४ सय नाघेको छ । बिहान दिल्लीको हावाको गुणस्तर औसतमै ३ सय ५६ एक्यूआई पुगेको छ ।

वायु प्रदूषणका कारण दिल्लीमा आँखा पोल्ने, घाँटी खसखस हुने र श्वासप्रश्वासका बिरामी बढेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तिहार नजिकिँदै गरेकोले हावाको प्रदूषण अझै बढ्ने भन्दै डाक्टरहरूले चिन्ता व्यक्त गरेका छन् । दिल्लीमा तिहारमा पटकालगायतका विस्फोटक पदार्थ अत्यधिक पड्काउँदा त्यसको धूवाले वायु प्रदूषण निकै बढ्ने गरेको छ ।

यो समयमा दिल्लीको छिमेकी राज्यहरू हरियाणा र उत्तर प्रदेशका किसानले खेतमै पराल जलाउने भएका कारण पनि दिल्लीमा प्रदूषण बढ्ने गरेको छ । सरकारले कृषि अवशेष जलाउने काम रोक्न गरेको पहल किसान आन्दोलनका कारण विफल भएको थियो ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया