रवि लामिछानेमाथि दुर्व्यवहार गरेकाे छैन : कास्की प्रहरी

 कात्तिक ११, २०८१ आइतबार १४:५९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि दुर्व्यवहार नगरेको बताएको छ ।

लामिछानेमाथि दुर्व्यवहार भएको खबरहरू सार्वजनिक भएपछि प्रहरीले विज्ञप्ति निकालेर सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि हिरासतमा आदरार्थी शब्दको प्रयोग नगरेको, हिरासतमा दुर्व्यवहार गरेको लगायतका आरोपको कास्की प्रहरीले खण्डन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले निकाल्नुभएको विज्ञप्तिमा तथ्यहीन कुराको प्रचार नगर्न आग्रह गरिएको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गएको २ गते काठमाण्डाैबाट पक्राउ गरेर कास्की लगेको थियो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई थप सात दिन थुनामा राख्न जिल्ला अदालत कास्कीले कात्तिक ८ गते अनुमति दिएको छ ।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया